​रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न भारतका प्रधानमन्त्री मोदीलाई ओलीको आग्रह

Newslaya Home

​रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न भारतका प्रधानमन्त्री मोदीलाई ओलीको आग्रह

आइतबार ०७, माघ २०७४

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आग्रह गरेका छन् । आइतबार भएको ओली र मोदीको टेलिफोन वार्ताका क्रममा ओलीले मोदीलाई यस्तो आग्रह गरेका हुन् । 
भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरि एमाले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना समेत दिएका छन् ।  ओलीले प्रधानमन्त्रीको रुपमा पदभार ग्रहण गरेपछि आफू भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको पनि मोदीले बताएको अधिकारीहरुले उल्लेख गरेका छन् । यता अध्यक्ष ओलीले प्रधानमन्त्री मोदीलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् ।