​राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली सार्वजनिक

Newslaya Home

​राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली सार्वजनिक

आइतबार ०७, माघ २०७४

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताहरूको नामावली प्रकाशित गरेको छ । निर्वाचन कार्यतालिका अनुसार आयोगले आइतबार सात वटै प्रदेशको मतदाता नामावली प्रकाशित गरेको हो ।
राष्ट्रियसभा चुनावका लागि प्रदेशसभाका सांसद् र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुने व्यवस्था रहेको छ ।
कुल ५९ सदस्यीय राष्ट्रियसभाका लागि प्रत्येक प्रदेशबाट आठ–आठ जना चुनावबाट निर्वाचित हुनेछन् भने तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
यही माघ २४ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुने भएको छ ।