रुपन्देहीका व्यवसायी पौडेलको हत्यामा संलग्न तीन जना पक्राउ

Newslaya Home

रुपन्देहीका व्यवसायी पौडेलको हत्यामा संलग्न तीन जना पक्राउ

आइतबार ०७, माघ २०७४

काठमाडौं । प्रहरीले रुपन्देहीको देवदहका व्यवसायी वसन्त पौडेल (बलु) को हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुलाई आइतबार दिउँसो पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने पाडैल हत्याको अनुसन्धानमा संलग्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का एसपी घनश्याम अर्यालले जानकारी दिए ।
घटनामा मनोज पुन समूहकै संलग्नता रहेको प्रहरीले पुष्टि गरेको छ । यसअघि घटना लगत्तै पुनले स्थानीय सञ्चारकर्मीहरुलाई फोन गरेर आफूले पौडेलको हत्या गरेको दाबी गरेका थिए ।
गत २१ पुसमा फर्निचर व्यवासायी पौडेलको गोली हानी हत्या गरिएको थियो ।