​आन्दोलन स्थागित गर्न प्रदेश १ का नवनियुक्त प्रमुख तुम्बाहाङको आग्रह

Newslaya Home

​आन्दोलन स्थागित गर्न प्रदेश १ का नवनियुक्त प्रमुख तुम्बाहाङको आग्रह

आइतबार ०७, माघ २०७४

मोरङ ।   राजधानीको माग गर्दै आन्दोलन गरिरहेकाहरुलाई आन्दोलन स्थागित गर्न प्रदेश एकका नवनियुक्त प्रमुख गोबिन्दबहादुर तुम्बाहाङले आग्रह गरेका छन् । 
मोरङमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रमुख तुम्बाहाङले संविधान अनुसार सरकारले अस्थायी केन्द्र मात्र तोकेको र प्रदेशसभाले राजधानी तोक्ने भएकाले धनकुटावासीलाई आन्दोलन गरे पनि शान्तिपूर्ण गर्न उनले आग्रह गरेका छन् ।
प्रमुख तुम्बाहाङले संविधान कार्यान्वयन गर्ने क्रममा पहिलो पटक प्रदेशको संरचना गठन गरिएकोले विस्तारै सबै विवाद मिल्दै जाने समेत बताए । प्रदेश प्रमुख नियुक्त भएपछि पहिलो पटक विराटनगर आएका प्रदेश प्रमुख तुम्बाहाङलाई सुरक्षा अधिकारीहरु र नेपाली कांग्रेसका कार्यकर्ताहरुले विराटनगर विमानस्थलमा स्वागत गरेका थिए ।