​प्रदेश २ को सपथमा भाषा विवाद

Newslaya Home

​प्रदेश २ को सपथमा भाषा विवाद

आइतबार ०७, माघ २०७४

जनकपुर ।  प्रदेश नं.२ मा भएको सपथग्रहण कार्यक्रममा भाषा विवाद भएको छ । 
आइतबार जनकपुर उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित सपथग्रहण कार्यक्रममा प्रदेश प्रमुख रत्नेश्वरलाला कायस्थले जेष्ठ सांसद लगनलाल चौधरीलाई सपथ खुवाएका थिए । त्यसपछि चौधरीले अन्य १०७ प्रदेश सांसदलाई सपथग्रहण गराएका थिए ।
सपथग्रहणका क्रममा भाषाको विषयमा केहीबेर विवादसमेत भएको थियो । नेपाली भाषामा तयार गरिएको सपथ सांसदहरुले आ आफ्नो मातृभाषामा सपथ लिएका थिए । सांसदहरुले नेपाली भाषामा लेखिएको सपथमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए । त्यसपछि नेपाली भाषाको सपथलाई सबैले आ आफ्नै मातृभाषामा लेखेर हस्ताक्षर गरेका थिए ।