​रणवीरले घटाए २० किलो तौल

Newslaya Home

​रणवीरले घटाए २० किलो तौल

शनिबार ०६, माघ २०७४

काठमाण्डौं । बलिउड अभिनेता रणवीर सिंहले ‘गली ब्वाय’ नामक फिल्मका लागी २० किलो तौल घटाएका छन् । 
जोया अख्तरको निर्देशनमा बनिरहेको फिल्ममा रणवीर सडक युवाको भूमिकामा रहेको बताइएको छ । रणवीर सिंहले आलिया भट्टका साथ  ‘गली ब्वाय’ नामक फिल्मको सुटिङ सुरु गरेका छन् । पद्मावत फिल्मका लागि तौल बढाएका रणवीरले गली ब्वायका लागि  कडा मेहेनत  गरेर तौल घटाएका छन् ।  गली ब्वाय र्‍यापर डिभाइन र नैजीको जीवनकहानीबाट लिइएको बताईएको भए पनि निर्देशक जोयाले भने अस्वीकार गर्दै आएकी छिन् । उनले आफ्नो फिल्मको कथा कसैबाट पनि प्रभावित नभएको बताएकि छिन् ।  फिल्ममा रणवीर गरिब बस्तीमा हुर्केर  चर्चित र्‍यापर बनेको देखाइने बताइएको छ ।