​राष्ट्रियसभाका मतदातालाई एमालेले प्रशिक्षण दिने

Newslaya Home

​राष्ट्रियसभाका मतदातालाई एमालेले प्रशिक्षण दिने

शनिबार २९, पुष २०७४

काठमाडौं । राष्ट्रियसभाको निर्वाचनमा मत बदर हुनबाट रोक्न नेकपा(एमाले)ले आफ्ना मतदाताहरुलाई प्रशिक्षण दिने भएको छ । सातै वटा प्रदेशमा प्रशिक्षण दिने एमालेको तयारी छ । 
स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सांसदहरुको मतदानबाट राष्ट्रियसभा सदस्यको निर्वाचन हुनेछ । स्थानीय तहका प्रतिनिधिको एक मत बराबर १८ तथा प्रदेशसभा सदस्यको १ भोट बराबर ४८ भोटका रुपमा गणना हुने छ । स्थानीय तहका प्रतिनिधि र प्रदेश सांसदहरुलाई एमालेले प्रशिक्षण दिन लागेको हो । 
राष्ट्रियसभाका ५९ सदस्यमध्ये ५६ जना चुनावबाट चुनिनेछन् । बाँकी तीन जनालाई सरकारले मनोनयन गर्ने छ । 
एमालेले राष्ट्रियसभा निर्वाचनको उम्मेदवार हुनका लागि ६ बुँदे मापदण्ड बनाइसकेको छ । मापदण्डसँगै पार्टीले प्रशिक्षण पनि दिने तयारी गरेको पार्टीका सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।