​रामशरण र गगनलाई बम हान्ने तामाङ समातिए

Newslaya Home

​रामशरण र गगनलाई बम हान्ने तामाङ समातिए

मङ्गलबार २५, पुष २०७४

नुवाकोट । प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारलाई लक्षित गरि बम हानेको आरोपमा लिखु गाउँपािलका–६, थानापतीका राजीव तामाङ पक्राउ परेका छन् । 
प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का कांग्रेस उम्मेदवार डा. रामशरण महत र प्रदेश नंं ‘ख’ का उम्मेदवार रमेश महत र कांग्रेसका उम्मेदवार गगनकुमार थापालालाई लक्षित गरी बम पड्काएको अभियोगमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । 
तामाङलाई सोमबार नुवाकोट जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी कारबाहीको लागि अनुसन्धान शुरु गरेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले बताए । प्रारम्भिक अनुसन्धानमा तामाङको भूमिका बम लिएर घटनास्थलमा पुग्ने र पड्काउने भूमिका देखिएको प्रहरीको दाबी छ ।