​डा.केसीको समर्थनमा माइतीघरमा प्रदर्शन

Newslaya Home

​डा.केसीको समर्थनमा माइतीघरमा प्रदर्शन

मङ्गलबार २५, पुष २०७४

काठमाण्डौं । अदालतको अवहेलनामा गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा. गोविन्द केसीलाई प्रहरीले अदालतमा पेश गरेको छ । 
सर्वोच्च अदालतमा केसीलाई पेश गर्दै गर्दा माइतीघरमा उनका समर्थकहरुले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व स्वास्थ्य मन्त्री गगन थापा लगायतका नेताहरुको सहभागिता रहेको थियो । त्यस्तै प्रदर्शनमा साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्र, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइ लगायत अग्रपंक्तिमा देखिएका छन् । प्रहरीले सर्वोच्च अदालत वरपर कडा सुरक्षा दिइरहेका छन् ।