​पक्राउपछि प्रहरी वृतमै अनशन बसे डा. केसी, ९ बजे अदालतमा उपस्थिती

Newslaya Home

​पक्राउपछि प्रहरी वृतमै अनशन बसे डा. केसी, ९ बजे अदालतमा उपस्थिती

मङ्गलबार २५, पुष २०७४

काठमाडौं । अदालतको अवहेलनामा गरेको आरोपमा पक्राउ परेका डा. गोविन्द केसी सिंहदरबार प्रहरी वृतमै अनशन बसेका छन् । उनले आफुलाई पक्राउ गरेर जहाँ लगे पनि अनशन नछाड्ने बताएका छन् ।
प्रधान न्यायाधीश गोपाल प्रसाद पराजुलीको राजीनामा माग गर्दै अनशन थालेका केसीलाई सोमबार बेलुका प्रहरील अस्पतालबाटै पक्राउ गरेको थियो । सर्वोच्च अदालतले मंगलबार बिहान केसीलाई अदालतमा उपस्थित गराउन आदेश जारी गरेपछि केसीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
नलाई अहिले बिहान ९ बजेपछि सर्वोच्च अदालतमा उपस्थित गराइने काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले बताए । सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु पौडेलको प्रतिवेदकमा गोविन्द केसीले अदालतको अवहेलना गरेको, न्यायाधीश, न्याय व्यवस्थाविरुद्ध अमर्या्दित र अपमानजनक शब्द प्रयोग गरेकाले अदालतमा उपस्थित गराउन निर्देशन जारी गरेको थियो ।
यता, डा. गोविन्द केसीले भने सर्वोच्च अदालतको आफूले सधैं इज्जत गर्ने बताउँदै मानै नहुने न्यायाधीशको मानहानी नहुने बताएका छन् । उनले स्वच्छ न्यायाधीशमाथि जहिले पनि आफ्नो सम्मान हुने बताए ।