पार्टी एकता संयोजन समितिको बैठक ३ बजे बस्ने

Newslaya Home

पार्टी एकता संयोजन समितिको बैठक ३ बजे बस्ने

मङ्गलबार २५, पुष २०७४

काठमाण्डौ । एमाले(माओवादी केन्द्रका शीर्ष नेताहरु सम्मिलित पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ । पार्टी एकताको निर्णय भएको तीन महिना भन्दा बढी समयपछि बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा अपरान्ह् ३ बजेका लागि बैठक बोलाइएको हो ।
आइतबार दुई दलका शीर्ष नेताहरुबीच भेटवार्तापछि सोमबार दुवै पार्टीहरुबीच बसेको छुट्टाछुट्टै बैठकले पार्टी एकतालाई टुंगोमा पु¥याउने जनाएका छन् । एमालेको सोमबार बसेको स्थायी समिति बैठकले माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रियालाई छिटै टुंगोमा पुर्याउने औपचारिक निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले कार्यदल बनाएर पार्टी एकता प्रक्रियालाई गतिदिन पार्टी एकता संयोजन समितिको बैठक बस्ने निर्णयसमेत गरेको थियो । समितिको बैठकमा एमालेका ४ र माओवादी केन्द्रका ३ नेता रहने बताइएको छ ।
एमालेबाट अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनालका साथै महासचिव ईश्वर पोखरेल सदस्य रहेका छन् । माओवादी केन्द्रबाट भने अध्यक्ष पुष्पकमल दाहाल, नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ रहेका छन् ।