​कार्यकर्तालाई जथाभावी नबोल्न एमालेको निर्देशन

Newslaya Home

​कार्यकर्तालाई जथाभावी नबोल्न एमालेको निर्देशन

मङ्गलबार २५, पुष २०७४


काठमाडौं । नेकपा माओवादी केन्द्रसँग चलिरहेको एकता प्रक्रियाबारे जथाभावी नबोल्न नेकपा एमालेले कार्यकर्तालाई कडा निर्देशन दिएको छ ।
सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको स्थायी कमिटी बैठकले पार्टी एकताको बिषयमा कार्यकर्तामाझ सार्वजनिक बहसमा रोक लगाउने निर्णय गरेको हो ।
नेता–कार्यकर्ताले एकताकाबारे गुट उपगुटमा उत्रेर बहस र विवाद गर्न थालेपछि यसबारे निजी धारणा व्यक्त गर्न रोक लगाएको बताइएको  छ । सरकार र निर्वाचन आयोगको काम संविधानबिपरित रहेको पनि एमालेले ठहर गरेको छ । एमालेले लोकतान्त्रिक मूल्यमान्यताको धज्जी उडाउने गतिविधि सरकार र निर्वाचन आयोगबाट भइरहेको निचोड समेत निकालेको छ ।