​सर्वोच्चको पक्राउ आदेशपछि गोविन्द केसीले यसो भने

Newslaya Home

​सर्वोच्चको पक्राउ आदेशपछि गोविन्द केसीले यसो भने

सोमबार २४, पुष २०७४

काठमाडौं । डाक्टर गोविन्द केसीले मान नै नभएको अदालतको पक्राउ पुर्जी आफूले नमान्ने प्रतिकृया दिएका छन् । सर्वोच्च अदालतले केसीलाई पक्राउ गर्न प्रहरी र गृह मन्त्रालयलाई आदेश दिएपछि  सञ्चारकर्मीसँग उनले यस्तो प्रतिकृया दिने गरेका छन् । उनले गोपाल पराजुलीका गलत कुरा बाहिर ल्याउँदा अदालतको मानहानीको मुद्दा लगाइएकाले आफूलाई त्यो मान्य नहुने जिकिर गरे । 
उनले आफूलाई कसैले पक्राउ गरेर लगेमा जहाँ लैजान्छन ्त्यही अनशन बस्ने घोषणा समेत गरे । आफूलाई जस्ले जे मुद्दा लगाएर जहाँ लगे पनि भ्रष्टाचारविरुद्धको आन्दोलनमा डगमग नहुने उनको भनाइ छ । 
यसअघि सोमबार साँझ सर्वोच्च अदालतले अनशनरत डाक्टर गोविन्द केसीलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरीलाई आदेश दिएको थियो । 
केसीले अदालतको अवहेलना गरेको भन्दै  न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले केसीलाई मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको हो ।
सर्वोच्च अदालतले चिकित्सा शिक्षा अध्ययन संस्थान आइओएमको डिनमा डाक्टर शशी शर्मालाई पुनर्वहाली गर्न आदेश दिएपछि डाक्टर केसीले प्रधानन्यायाशीश गोपाल पराजुलीको राजीनामा र पराजुलीले गरेका फैसलाको छानविनको माग गर्दै सोमबारदेखि नै अनसन सुरु गरेका थिए । अहिलेको न्यायालय न्याय दिने नभई न्यायको किनबेच गर्ने बिचौलियाको केन्द्र भएको आरोप डाक्टर केसीको छ । 
डाक्टर केसीले प्रधानन्याधीशमा पराजुली नियुक्त भए यताका केही फैसलाको विवरण सार्वजनिक गर्दै त्यसको छानविन गर्न माग गरेका छन् ।