​ २५ लाख खर्च गर्दा २२९ मत प्राप्त

Newslaya Home

​ २५ लाख खर्च गर्दा २२९ मत प्राप्त

बिहीबार २०, पुष २०७४

काठमाडौं  । राष्ट्रिय जनमुक्ति पार्टीबाट दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवारले  चुनावमा २५ लाख रुपैयाँ खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा पेश गरेका छन् ।
राष्ट्रिय जनमुक्ति पार्टीबाट दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका ठाकुर रोकाले चुनावमा २५ लाख रुपैयाँ खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा पेश गरेका हुन् । उक्त निर्वाचन क्षेत्रमा रहेका १० उम्मेदवारमध्ये सबैभन्दा बढी खर्च गरेको विवरण उनले पेश गरेका छन् । निर्वाचन आयोगले तोकेको अधिकतम खर्च गर्न पाउने रकम २५ लाख नै रहेको छ ।
रोकाले २५ लाख खर्च गरेर २ सय २९ मात्र प्राप्त गरे । रोकाले आफ्नो मत कति भन्नेबारे भने थाहा नभएको समेत प्रतिक्रिया दिएका छन् ।