​माओवादी केन्द्रका नेता कार्कीले भने ‘अबको १५ दिनमा केपी ओलीको नेतृत्वमा नयाँ सरकार’

Newslaya Home

​माओवादी केन्द्रका नेता कार्कीले भने ‘अबको १५ दिनमा केपी ओलीको नेतृत्वमा नयाँ सरकार’

शनिबार १५, पुष २०७४

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता  राम कार्कीले अबको वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन्।
शनिबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा कार्कीले अबको १५ दिनभित्रै नयाँ सरकार गठन हुने बताए। 
कार्यक्रममा बोल्दै कार्कीले सरकार निर्माण गर्दा मुलुकमा यो साहायक सावित होस् भन्ने आफूहरुको चाहना रहेको बताएका छन्। कार्कीले भने, ‘विगतमा भएका हाम्रा कमीकमजोरी सच्याउँदै हामी अब समाजवादको आधारलाई ध्यानमा राखेर काम गर्न केन्द्रित हुन्छौं ।’
उनले नेपालमा एमाले र माओवादी पार्टी भन्ने नै नरहेको बताए।  कार्कीले यतिबेला पदीय बाँडफाँडभन्दा पनि कसरी समाजवादको लक्ष्यलाई हाँसिल गर्न सकिन्छ भन्ने नै आफूहरुको मुख्य ध्यान रहेको सुनाए। 
उनले भने, ‘केपी ओलीजी प्रधानमन्त्री हुदा प्रचण्डलाई पनि सक्रिय पद दिने समझदारी गरीएको छ, सोही अनुरुप अघि बढ्छौं।’