​राजपाले छान्यो १२ सभासद्, सांसद बन्न नपाएकाले गरे पार्टी कार्यालय तोडफोड

Newslaya Home

​राजपाले छान्यो १२ सभासद्, सांसद बन्न नपाएकाले गरे पार्टी कार्यालय तोडफोड

शुक्रबार १४, पुष २०७४

काठमाडौं । समानुपातिकतर्फबाट प्रदेशसभा सदस्य नबनाएको भन्दै राजपा नेपालको पार्टी कार्यालयमा तोडफोड गरिएको छ । 
काठमाडौंको बबरमहलमा रहेको राजपाको केन्द्रीय कार्यालयमा तोडफोड भएको हो । मधेशी निजामति कर्मचारी महासंघका अध्यक्ष विनोद सिंहको समूहले कार्यालयमा तोडफोड गरेको राजपाका प्रवक्ता केशव झाले जानकारी दिए । 
सरकारी जागिर छाडेर समानुपातिकको उम्मेदवार बनेका उनलाई पार्टीले सांसदमा नपठाएपछि आक्रोशित भएका हुन् । राजापका शीर्ष नेताले समानुपातिकतर्फ आफन्त र आसेपासेलाई समानुपातिकमा राखेको भन्दै यसअघि नै आलोचना हुँदै आएको थियो । 
राजपाले प्रदेश नम्बर २ मा १० तथा प्रदेश नम्बर ५ र ७ मा १–१ सिट पाएको छ । सांसद बन्नेहरुमा बविता चौधरी, निलम देवी भुमिहारिन, अन्जु कुमारी, पुनम यादव, विभा ठाकुर,  डिम्पल झा, रामनरेश राय, जानकी शरण साह, राम प्रवेश बैठा, लैला खातुन छन् ।