​गच्छदार विरुद्धको मुद्दामा सर्वोच्चले मतपत्र माग्यो

Newslaya Home

​गच्छदार विरुद्धको मुद्दामा सर्वोच्चले मतपत्र माग्यो

शुक्रबार १४, पुष २०७४

काठमाडौं । विजयकुमार गच्छदारले ‘धाँधली गरेर चुनाव जितेको’ भन्दै परेको रिटमा सर्वोच्चले मतपत्र मागेको छ । 
शुक्रवार सर्वोच्च अदालतको संवैधानिक इजलाशले सुनुवाई गर्दै मतपत्र  झिकाउन आदेश दिएको हो । वाम गठवन्धनकी उम्मेदवार भगवती चौधरीले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाई गरेको हो ।
नेपाली कांग्रेसबाट सुनसरी–३ का उम्मेदवार गच्छदारले ३२१ मतले चौधरीलाई हराएका थिए । चौधरीले मतगणनामा धाँधली भएको भन्दै विरोध जनाएकी थिइन् । सोही विषयमा उनले  सर्वोच्चमा रिट दायर गरेकी थिइन् । रिटमा उनले पुनः मतगणनाको माग गरेकी छन् ।
चौधरीको रिटमा शुक्रवार सुनुवाई गर्दै प्रधानन्यायाधीश गोपाल पराजुलीसहित न्यायाधीशरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले मतपत्रसहित अन्य कागजात झिकाउन आदेश दिएको हो ।
सर्वोच्चले गच्छदारको शपथ रोक्ने या नरोक्ने विषयमा छलफल गर्न पुस २१ गते दुवै पक्षलाई बोलाएको छ ।