बुधबारदेखि एमाले अध्यक्ष ओलीको सुरक्षामा कडाई गरिने

Newslaya Home

बुधबारदेखि एमाले अध्यक्ष ओलीको सुरक्षामा कडाई गरिने

शुक्रबार १४, पुष २०७४

काठमाडौं । बुधबारदेखि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा कडाई गरिने भएको छ । ओलीको सुरक्षामा कडाई गर्नका लागि प्रहरी प्रधान कार्यालयले डिएसपी खटाउने भएको हो ।  
यसअघि ओलीको सुरक्षामा नेपाल प्रहरीबाट इन्सपेक्टर तथा सशस्त्र प्रहरीबाट सईको कमाण्डमा प्रहरी खटिदै आएका थिए । तर, बुधबारदेखि डिएसपी सानुराम भट्टराईलाई ओलीको सुरक्षार्थ थप गरिएको छ ।
देशको सबैभन्दा ठुलो पार्टीको अध्यक्ष र भावी प्रधानमन्त्रीका रुपमा ओलीको सुरक्षादस्ता बढाइएको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताएका छन् । बहालवाला प्रधानमन्त्रीलाई पनि डिएसपीकै कमाण्डमा प्रहरी खटाइने गरिएको छ । पछुवा गाडि बाहेक ओलीलाई पनि प्रधानमन्त्रीकै सरह सुरक्षा खटाइएको छ ।