​सहरी विकास मन्त्री गिरीलाई पदबाट हटाउन प्रधानमन्त्रीलाई कमल थापाको पत्र

Newslaya Home

​सहरी विकास मन्त्री गिरीलाई पदबाट हटाउन प्रधानमन्त्रीलाई कमल थापाको पत्र

शुक्रबार १४, पुष २०७४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सहरी विकासमन्त्री दिलनाथ गिरीलाई पदबाट हटाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएका छन् । 
सहरी विकास मन्त्रालयमा सचिव दिपेन्द्रनाथ शर्मालाई हटाउने बारेमा थापा र गिरीबिच बिहीबार मन्त्रीपरिषद् बैठकमा नै विवाद भएको थियो । विवादपछि थापाले बेठकमा गिरीको राजीनामा मागेका थिए । तर, गिरीले आफूले प्रधानमन्त्रीलाई राजीनामा दिने भनेका थिए ।
त्यसैले शुक्रबार नै पार्टीको बैठक राखेर थापाले गिरीलाई मन्त्रीबाट हटाउन प्रधानमन्त्रीलाई पत्र पठाएका हुन् ।