​राष्ट्रपतिद्धारा राष्ट्रियसभा अध्यादेश प्रमाणिकरण

Newslaya Home

​राष्ट्रपतिद्धारा राष्ट्रियसभा अध्यादेश प्रमाणिकरण

शुक्रबार १४, पुष २०७४

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेश प्रमाणिकरण गरेकी छन् । लामो विवादपछि अन्ततः प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङसँगको भेटपछि भण्डारीले अध्यादेश प्रमाणीकरण गरेकी हुन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले अध्यादेश प्रमाणीकरण भएको जानकारी दिएका हुन् । अब एकल संक्रमणीय मतका आधारमा ७ प्रदेशबाट आठ आठ सदस्य गरि ५६ सदस्यको निर्वाचन गर्ने बाटो खुलेको छ । मन्त्रिपरिषदको सिफारिसमा तीन सदस्य राष्ट्रपतिले मनोयन गर्ने व्यवस्था गरिएको छ ।