नेपालगञ्जमा शीतलहरका कारण जनजीवन कष्टकर

Newslaya Home

नेपालगञ्जमा शीतलहरका कारण जनजीवन कष्टकर

सोमबार १०, पुष २०७४

नेपालगञ्ज । शीतलहर तथा बाक्लो कुहिरोका कारण पश्चिम तराईका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ ।
एक्कासी चिसो बढ्नुका साथै शीतलहर र बाक्लो कुहिरोले तराईका जिल्लामा घाम पनि मधुरो लाग्नेको छ । चिसोसँगै सिरोटोले कमजोर घरसंरचना भएका परिवार बढि प्रभावित भएका छन् । 
अत्यधिक चिसोका कारण अत्यावश्यक कामबाहेक मानिस घरदेखि बाहिर निस्केका छैनन् भने कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि पातलिएको छ । स्थानीय अस्पतालमा कोल्ड डायरिया, रुघाखोकी, टायफाइड, निमोनियाका बिरामीको  चाप बढेको  छ ।
चिसो अध्यधिक बढेपछि स्थानीय आफ्नो टोलको चोकचोकमा आफैँले जोहो गरेको दाउरा बालेर दिनभरि तापेर बस्छन् ।  नेपालगञ्ज नगरपालिकाले आगो ताप्न दाउरा उपलब्ध नगराएपछि स्थानीय आक्रोसित भएका छन् । तराईका साथै पश्चिम क्षेत्रका पहाडी तथा हिमाली जिल्लामा पनि हिउँ परेकाले त्यस क्षेत्रमा समेत अत्यधिक जाडो बढेको छ । तराईमा शीतलहर तथा बाक्लो कुहिरो र पहाडी तथा हिमाली जिल्लामा हिउँ परेपछि हवाई उडानसमेत आंशिकरुपमा प्रभावित हुने गरेको नागरिक उड्डयन कार्यालयले जनाएको छ ।