​ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते

Newslaya Home

​ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते

सोमबार १०, पुष २०७४

ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । झापाको बिर्तामोडबाट यात्रु लिएर तेल्लोकतर्फ जाँदै गरेको मे १ ज. १२३५ नम्बरको ट्याक्सी आइतबार साँझ ६ः४५ बजेको समयमा सिरिजंघा गाउँपालिका–४, तेल्लोकमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय तेल्लोकले जनाएको छ ।
ट्याक्सी दुर्घटनापरी घाइते भएकाहरुको स्थानिय तेल्लोक स्वास्थ्य चौकीमा उपचार भइरेहको इलाका प्रहरी कार्यालय तेल्लोकले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि ट्याक्सी चालकलाई नियन्त्रणमा लिएको छ । ट्याक्सी सडकबाट १० मिटर तल  खसेको थियो ।