​आफु पराजित हुनुमा पार्टीभित्रैबाट अन्तर्घात भएको हो : शेखर कोइराला

Newslaya Home

​आफु पराजित हुनुमा पार्टीभित्रैबाट अन्तर्घात भएको हो : शेखर कोइराला

शुक्रबार ०७, पुष २०७४

विराटनगर । कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको केन्द्रीय समितिको बैठक  बोलाउन माग गरेका छन्।
विराटनगरस्थित कोइराला निवासमा  आयोजित पत्रकार भेटघाटमा उनले निर्वाचनमा पार्टीको पराजयका विषयमा विस्तृत रुपमा छलफल गर्न र आगामी दिनमा महासमितिको बैठक बसाउनका लागि सो बैठक आवश्यक रहेको स्पष्ट पारेका छन् ।
अहिले पार्टीको संरचनालाई बलियो बनाउनका लागि प्रत्येक प्रदेशको साङ्गठनिक संरचना बनाउनुपर्ने विषयमा जोड दिँदै उनले अब पार्टीको सङ्गठन टोल टोलसम्म पुर्‍याउनु आवश्यक रहेको बताएका छन् ।।
आफू निर्वाचनमा पराजित हुनुमा पार्टीभित्रैबाट अन्तर्घात भएको  प्रसङ्ग उल्लेख गर्दै उनले त्यस्ता अन्तर्घात गर्नेहरुलाई राजनीतिक रुपमा बहिष्कार गर्नुपर्ने तर्क गरे।
उनले काँग्रेस अब पाँच वर्षसम्म बलियो विपक्षीको भूमिका निर्वाह गर्दै पार्टीको सङ्गठनमा केन्द्रित हुने स्पष्ट पारेका छन् । पार्टीको महाधिवेशनमा पार्टी सभापति पदका लागि उठ्ने चर्चाबारे उनले आफू राजनीतिक मान्छे भएकाले इच्छा राख्नु स्वाभाविक भएको बताएका छन् ।