किन साहरुख र प्रियंका एक अर्कालाई भेट्न चाहदैनन् ?

Newslaya Home

किन साहरुख र प्रियंका एक अर्कालाई भेट्न चाहदैनन् ?

बिहीबार ०६, पुष २०७४

नयाँ  दिल्ली । साहरुख खान र प्रियंका चोपड़ा पछिल्लो केही वर्षदेखि एकअर्कालाई मन पराउँदैनन् । 
हालै साहरुख खानलाई सम्मान गरिने भनिएको एक अवार्ड कार्यक्रममा प्रियंका चोपड़ालाई पनि बोलाइएको थियो । कार्यक्रममा साहरुखले प्रियंका आउने खबर पाएपछि उनी प्रियंका आउनुभन्दा अघि नै उपस्थित भए र चमेराको लागि पोज नदिई प्रियंका आउनु अघि नै कार्यक्रमबाट बाहिरिए । 
प्रियंका संग सम्भावित जम्काभेट हुन्छ कि भनेर साहरुख मूल गेटबाट नभइ नर्तकीहरुको लागि बनाइएको गेटबाट बाहिरिए । त्यस्तै प्रियंका पनि जब साहरुख बाहिरिए अनि मात्र स्टेज भित्र प्रवेश गरिन् ।

के छ साहरुख र प्रियंकाबीच ?
केहि वर्ष अघिसम्म साहरुख र प्रियंका बीच फिल्म ‘डन २’को शुटिंग ताका निकै राम्रो दोस्ती थियो दोस्ती मात्र नभई उनीहरुबीच अफेयर भएको हल्लासमेत भएको थियो । एक रात शुटिंग युनिटले दुबैजनालाई संगै भेटे । यो हल्ला यती छिटो फैलियो कि साहरुख पत्नी गौरीले यी दुई बिचको सम्बन्धमा हस्तछेप गरि साहरुखलाई प्रियंकासंग कुनै सम्बन्ध नराख्न चेतावनी दिइन । यसै घटनापछि यी दुई कहिल्यै संगै सार्वजनिक हुन चाहदैनन् ।