​किन फरफराउँछ आँखा ? कसरी रोक्ने ?

Newslaya Home

​किन फरफराउँछ आँखा ? कसरी रोक्ने ?

मङ्गलबार ०४, पुष २०७४

आँखा फरफराउनुलाई मानिसले विभिन्न शुभ वा अशुभ लक्षणका कारणले हेर्ने गर्छन् । तर, आँखा फरफराउनुको मूख्य कारणबारे भने धेरैलाई थाहा नहुनसक्छ । 

किन फरफराउँछ आँखा ?
आँखा फरफराउनु एक सामान्य लक्षण हो । यसमा आँखाको नजिक रहेका मांशपेशीहरु खुम्चिएको महसुस हुन्छ । यसका कारण मानिस असहज महसुस गर्छ भने केही समस्यामा परेको जस्तो पनि देखिन्छ । केहीबेर पछि कतिको आँखा फरफराउन बन्द हुन्छ भने कतिको लामो समयसम्म आँखा फरफराउने गर्छ ।
यसरी लामो समयसम्म आँखा फरफराउँदा मानिसको दृष्टिमा समेत असर पर्ने गर्छ । यसका कारण बारे विभिन्न मतभेद रहेका छन् । तर, विशेषज्ञका अनुसार यसको सम्बन्ध थकान, निन्द्राको कमी र कफीको अधीक प्रयोग, थोरै प्रकाशमा काम गर्नु र लामो समयसम्म कम्प्युटरमा काम गर्नु समेत रहेको छ ।
तनाव र थकानका कारण
आजको वर्किङ कल्चरमा थकान र तनाव धेरै हुने गर्छ । आँखा फरफराउनु तनाव र थकानको संकेत पनि हुनसक्छ । विशेष रुपमा तब जब आँखामा तनावको जस्तो दृष्टि समस्यासँग सम्बिन्धत रहन्छ । तनावलाई कम गर्ने हो भने आँखा फरफराउन कम हुने विशेषज्ञ बताउँछन् ।
कैफीन वा अल्कोहलको प्रयोग
विशेषज्ञकाअनुसार ज्यादा मात्रामा कैफीन र अल्कोहलको प्रयोग गर्नाले आँखा फरफराउने गर्छ । यदी तपाई चिया, कफी, सोडा वा रक्सी ज्यादा पिउनुहुन्छ भने तपाईको आँखा धेरै फरफराउने गर्छ ।

आँखा फरफराउन कसरी रोक्ने ?
आँखा फरफराउन रोक्न हाइड्रेटेड बनिरहनुहोस्, धेरैबेर सम्म निन्द्रा लिनुहोस्, बल गरेर आँखालाई कम झिम्काउने प्रयास गर्नुहोस्, आँखालाई नरम तरिकाले मसाज गर्नुहोस् । प्रत्येक ३० सेकेण्डमा आँखा झिम्काउने प्रयास गर्नुहोस् ।