​पुस सातमा म्यादी प्रहरीको बिदाइ

Newslaya Home

​पुस सातमा म्यादी प्रहरीको बिदाइ

मङ्गलबार ०४, पुष २०७४

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नियुक्ति गरिएका म्यादी प्रहरी  पुस सातमा घर फर्किने भएका छन् ।
निर्वाचनका लागि सरकारले ९८ हजार तीन सय ६८ जना म्यादी प्रहरीमा भर्ना गरेको थियो । निर्वाचन सुरक्षाका लागी भर्ना गरिएका म्यादी प्रहरीको म्याद  पुस सातमा ५५ दिन पुग्ने भएकाले त्यस दिनसम्मको रासन भत्ता दिएर बिदा गर्ने तयारी भएको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक डीआईजी मनोज न्यौपानेका अनुसार म्यादी प्रहरीले ५५ दिन खटिएबापत आधारभूत तलब १७ हजार २ सय ३० रुपैयाँका दरले तथा रासन, पारिश्रमिक र स्थानीय भत्ता पाउछन् भने निर्वाचनको दिन सात दिनका लागि प्रतिदिन २ सय ५० रुपैयाँका दरले विशेष भत्ता र २ सय ५० रुपैयाँ नै खाजा खर्च पाउछन् । म्यादी प्रहरीले चारहजार पोसाक भत्ता सहित बाटो खर्चस्वरूप एक हजार रुपैयाँ पाउनेछन् । सबै रकम प्रहरीले म्यादी प्रहरीको खातामा एकमुष्ठ जम्मा गर्ने छ ।