भर्खरै सम्पन्न निर्वाचनमा वैद्य माओवादीको विजोग

Newslaya Home

भर्खरै सम्पन्न निर्वाचनमा वैद्य माओवादीको विजोग

आइतबार ०२, पुष २०७४

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा निकै निराशाजनक मत पाएको छ । 
देशभक्त जनगणतान्त्रिक मोर्चाको नाममा चुनाव लडेको क्रान्तिकारी माओवादीले समानुपातिक तर्फ देशभरबाट मात्र १३ हजार ९ सय ४२ भोट पाएको छ ।
मुठ्ठी चिन्ह लिएर चुनाव लडेको सो पार्टीका कुनैपनि उम्मेदवारले जमानत जोगाउन सकेनन् । २०७० सालको संविधानसभा चुनाव बहिस्कार गरेको बैद्य माओवादीले कार्यकर्ता पलायन रोक्न यसपटक चुनावमा भाग लिने निर्णय गरेको थियो ।  
मोर्चाको तर्फबाट एक सय ७ जनाको बन्दसूची पेश गरिएकोमा जनजाती महासंघका पूर्वअध्यक्ष डा ओम गुरुङ एक नम्बर सूचीमा थिए । तीन प्रतिसतको थ्रेस होल्ड सीमा नराखिएको भएपनि बैद्यको पार्टीले सांसद पाउने थिएन ।