​अल्कोहलले मसाज गर्नुका फाइदाहरु

Newslaya Home

​अल्कोहलले मसाज गर्नुका फाइदाहरु

आइतबार ०२, पुष २०७४

अल्कोहलको सेवनलाई स्वास्थको हिसाबले राम्रो माँनिदैन । यसले विभिन्न समस्याहरु निम्त्याँउछ तर यहि अल्कोहलले हाम्रो शरिरको मसाज गर्दा यसले हामीलाई धेरै फाइदा गर्छ ।
थाहा पाइराख्नुहोस अल्कोहल मसाजका यी ५ फाइदाहरु
१. छालामा मात्रै होइन कपालमा पनि यसले मसाज गर्नाले फाइजनक हुन्छ । बियरको प्रयोग गरेर कपाललाई मुलायम चम्किलो बनाउन सकिन्छ ।
२. छाला र नङमा आउने कुनै पनि प्रकारको फंगसको लागि यो धेरै नै प्रभावकारी हुन्छ । यसलाई कपासले चोबेर सम्बन्धित ठाँउमा लगाउनुहोस् र सुक्ने बेला सम्म यत्तिकै राख्नुहोस् । यसलाई धुने हतार नगर्नुहोस् ।
३. जाडोमा न्यानोपनको लागि अल्कोहलको मसाज धेरै नै लाभदायक हुन्छ । अल्कोहलले मसाज गरेपछि तपाईले एकै छिनमा न्यानो महसुस गर्न सक्नुहुन्छ ।
४. शारीरिक मेहनत गरेपछि हुने मांसपेशीको दुखाईमा अल्कोहलको मसाज धेरै नै फाइदाजनक हुन्छ । यसले दुखाई भएको भागमा मसाज गरेर करिब एक घन्टा त्यत्तिकै रहन दिनुहोस् र पछि धुनुहोस् ।
५. हल्का फुल्का चोट र घाउमा अल्कोहलको मसाज गरेर त्यसलाई छिटो ठिक बनाउन सकिन्छ । यो सम्बन्धित स्थानमा लगाएमा एन्टिबायोटिकले झैं गरि छिटो असर गर्छ र छिटो ठिक गर्न मद्धत गर्छ ।