धनियाँ खानुका फाइदाहरु

Newslaya Home

धनियाँ खानुका फाइदाहरु

आइतबार ०२, पुष २०७४

धनियाँले खानाको स्वाद बढाउनुका साथै स्वास्थ्यसम्बन्धी समस्या पनि समाधान गर्छ । धनियाँले जाडोमा हुने संक्रमण हटाउन मद्दत गर्छ । 
धनियाँको पात खाँदा पेटमा ग्यास जम्ने समस्या हट्छ । 
खानपानमा गडबडीका कारण छेरपटी लाग्ने समस्या आउँछ । खानामा धनियाँको अचार र सलाद समावेश गर्नुस् । रोगप्रतिरोधक क्षमता बलियो हुन्छ । 
धनियाँमा भिटामिन ए र सी भरपूर मात्रामा पाइन्छ । रुघाखोकीबाट यसले बचाउँछ । 
मधुमेह रोगीलाई धनियाँले धेरै फाइदा गर्छ । यसको सेवनले रगतमा इन्सुलिनको मात्रा नियन्त्रणमा रहन्छ । 
आजकल बाथरोगको समस्या खुबै सुनिन थालेको छ । यसले शरीरलाई कमजोर बनाउँछ । धनियाँमा पाइने भिटामिन सीले बाथरोग लाग्न दिँदैन । धनियाँको धूलो पनि खान सक्नुहुन्छ । 
कमजोरीका कारण चक्कर लाग्ने गरेको छ भने अमलासँग धनियाँ सेवन गर्नुस् । राहत पाउनुहुनेछ ।