​प्रतिनिधिसभामा ५ दलमात्र राष्ट्रिय दल

Newslaya Home

​प्रतिनिधिसभामा ५ दलमात्र राष्ट्रिय दल

शनिबार ०१, पुष २०७४

काठमाडौँ । प्रतिनिधिसभामा पाँचवटा राजनीतिक दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने भएको छ ।
राजनीति दलसम्बन्धी ऐनको दफा ५२ अनुसार राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र प्रत्यक्षमा न्यूनतम एक सिट पाउनु पर्नेछ । प्रत्यक्षमा सिट जित्न नसकेर समानुपातिकमा तीन प्रतिशत मत कटाएका दलका सांसद् स्वतन्त्र हुन्छन् । 
प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचनमा भाग लिएका ४९ मध्ये ४४ दलको धरौटी जफत हुने भएको छ । तोकिएको थ्रेसहोल्ड कटाउन नसक्ने दलको धरौटी जफत हुने कानुनी व्यवस्थाका कारण ती दलको धरौटी जफत हुने भएको छ। सदर मतको कम्तीमा तीन प्रतिशत मत नल्याउने दलको जमानत जफत हुनेछ ।