​मोरङमा प्रतिनिधिसभाको समानुपातिकमा नेपाली काँग्रेस पहिलो

Newslaya Home

​मोरङमा प्रतिनिधिसभाको समानुपातिकमा नेपाली काँग्रेस पहिलो

शुक्रबार २९, मङि्सर २०७४

विराटनगर । मोरङमा प्रतिनिधिसभाको समानुपातिकको मतगणनामा नेपाली काँग्रेसले पहिलो स्थान प्राप्त गरेको छ । 
मोरङको ६ वटै निर्वाचन क्षेत्रबाट एक लाख ६० हजार ५ सय ४६ मत प्राप्त गरी काँग्रेसले अग्रस्थान कायम गरेको हो । 
त्यस्तैगरी नेकपा एमालेले एक लाख ४४ हजार ८ सय २४ मत प्राप्त गरी दोस्रो स्थानमा रहन सफल भएको छ भने नेकपा माओवादी केन्द्रले ४४ हजार ९ सय ५१ मत प्राप्त गरी तेस्रो स्थान कायम गरेको छ । 
त्यसपछि संघीय समाजवादी फोरम नेपालले २९ हजार ३ सय १५ मत प्राप्त गरेको छ भने राष्ट्रिय जनता पार्टीले आठ हजार ८ सय ९७ मत प्राप्त गरेको छ ।  मोरङको कूल मतदातामध्ये समानुपातिकतर्फ चार लाख ५९ हजार १ सय ७२ मत खसेकामा ४१ हजार ५ सय ७१ मत बदर भएको थियो ।