​फरार सूचीमा रहेका चौधरी विजयी

Newslaya Home

​फरार सूचीमा रहेका चौधरी विजयी

मङ्गलबार २६, मङि्सर २०७४

कैलाली । प्रहरीको फरार सूचिमा रहेका रेशमलाल चौधरी प्रतिनिधि सभा सांसदमा निर्वाचित भएका छन् । 
टीकापुर हत्याकाण्डमा संलग्न रहेको भन्दै प्रहरीले खोजिरहेका चौधरी मंगलबार बिहान सार्वजनिक भएको मतपरिणाममा प्रतिष्पर्धी एमालेकी मदनकुमारी शाहलाई २१ हजार मतान्तरले पराजीत गर्दै राजपाबाट विजयी भएका हुन्।
चौधरीले ३४ हजार ३ सय ४१ मत प्राप्त गरेका छन भने शाहले १३ हजार ४ सय ६ मत ल्याएकी छन्।
प्रदेश सीमांकनको विरोध गर्दै कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते भएको प्रदर्शनमा एक बालक, नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको ज्यान गएको थियो ।
सोही घटनामा चौधरीको संलग्नता रहेको भन्दै प्रहरीले उनलाई खोजी गरिरहेको छ । प्रहरीको फरार सूचीमा रहेका चौधरीले वारेसनामाबाट उम्मेदवारी दिएका थिए ।।