​एमालेका राजेन्द्र गौतम प्रतिनिधिसभा सदस्य

Newslaya Home

​एमालेका राजेन्द्र गौतम प्रतिनिधिसभा सदस्य

सोमबार २५, मङि्सर २०७४

काठमाडौं । संखुवासभाबाट प्रतिनिधिसभामा एमालेका राजेन्द्र गौतम विजयी भएका छन् । ११ सय ३० मतान्तरले उनले प्रतिस्पर्धी कांग्रेका दिपक खड्कालाई पराजित गरेका हुन् । गौतमले ३२ हजार ७ सय ६९ मत ल्याए भने खड्काले ३१ हजार ६ सय ३९ मत ल्याए ।
गौतमको विजयसँगै प्रतिनिधिसभामा एमालेको विजयी संख्या ७६ पुगेको छ । थप ५ क्षेत्रमा एमाले अग्रता लिइरहेको छ । स्याङजाका दुवै क्षेत्र, कैलालीको क्षेत्र नम्बर २ र  सुनसरी क्षेत्र नम्बर ३ मा एमालेको अग्रता छ ।