​सर्लाहीको एक मतगणनास्थलमा राजपा र कांग्रेस कार्यकर्ताबीच झडप

Newslaya Home

​सर्लाहीको एक मतगणनास्थलमा राजपा र कांग्रेस कार्यकर्ताबीच झडप

सोमबार २५, मङि्सर २०७४

सर्लाही । सर्लाही क्षेत्र नम्बर ४ को मतगणनास्थल सर्लाही क्याम्पस मलंगवामा राजपा र कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । दुई पार्टीका कार्यकर्ताबीच ढुंगा हानाहान हुँदा केही घाईते भएका छन् ।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन केही सेल अश्रु ग्यास प्रहार गरेको छ । सर्लाही क्षेत्र नं. ४ मा आइतबार रातिदेखि नै मतगणना रोकिएको छ । एक मतपेटिकामा ६ मध्ये ४ वटा मात्रै शिल गरिएको भेटिएपछि दलका प्रतिनिधिले विवाद गर्दा मतगणना अवरुद्ध भएको हो ।