​चितवन ३ बाट प्रचण्ड विजयी

Newslaya Home

​चितवन ३ बाट प्रचण्ड विजयी

सोमबार २५, मङि्सर २०७४

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका छन् । 
राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डेलाई नौ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै प्रचण्ड प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
प्रचण्डले ४८ हजार दुई सय ७६ मत ल्याए भने वर्तमान वन तथा भूसंरक्षण मन्त्री समेत रहेका पाण्डेले ३८ हजार नौ सय ३५ मत पाए ।