​मुख्यमन्त्रीका दाबेदार एमालेका भीम आचार्य बने प्रदेश सांसद

Newslaya Home

​मुख्यमन्त्रीका दाबेदार एमालेका भीम आचार्य बने प्रदेश सांसद

सोमबार २५, मङि्सर २०७४

सुनसरी । सुनसरी क्षेत्र नम्बर १ को प्रदेश सभा ख मा नेकपा एमालेका सचिव भीमप्रसाद आचार्य विजयी भएका छन् । उनले २०२११ मत ल्याउँदै प्रदेश सभामा स्थान पक्का गरेका हुन् ।
आचार्यसँग पराजित भएका नेपाली कांग्रेसका उम्मेदवार बुद्धि कटुवालले १२९४६ मत ल्याउन सफल भए । यी दुर्इ उम्मेदवारबीच ६२६४ मतको अन्तर रह्यो ।
आचार्य प्रदेश नं. १ का मुख्यमन्त्रीका दाबेदार हुन् । उनी अहिले नेकपा एमालेका प्रदेश संयोजकसमेत हुन् । उनीसँगै धनकुटाबाट शेरधन राई प्रदेशको मुख्यमन्त्रीका दावेदार छन् ।

1 प्रतिकृयाहरू प्राप्त
  • Bishnuलेख्नुहुन्छ
  • |
  • सोमबार २५, मङि्सर २०७४
भिम आचार्य लाइ मुख्य मन्त्री दिनु भन्दा ओलि ज्यु कार्बही गर्दा उपयुक्त हुन्थियो कि? जस्ले गर्दा बाम गठबन्धन ले सुनसरीको जीत्नुको पर्ने क्षेत्रमा हारेको छ। यस्ता नेतालाइ पुरस्कृत गरेर मुख्यमन्त्री नबनाईयोस