च्याम्पियन्स लिग फुटबलको समूह चरणको अन्तिम खेलमा बार्सिलोनाको जित

Newslaya Home

च्याम्पियन्स लिग फुटबलको समूह चरणको अन्तिम खेलमा बार्सिलोनाको जित

बुधबार २०, मङि्सर २०७४

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको समूह चरणको अन्तिम खेलमा स्पेनिस क्लब बार्सिलोनाले  जित हासिल गरेको छ । बार्सिलोनाले मंगलबार राती स्पोर्टिङ लिस्बोनलाई २–० ले हराएको  हो ।
खेलमा बार्सिलोनालाई जित दिलाउन फ्रान्सिस्को अलकेसरले ५९ औं मिनेटमा एक गोल गरेका थिए । यस्तै बार्सिलोनाले एक गोल भने आत्मघाती गरेको थियो ।
यो जितपछि समूह डी को समूह विजेता बार्सिलोनाले १४ अंक जोड्यो । पराजित स्पोर्टिङ ७ अंक जोडेर समूह चरणबाट बाहिरियो ।