आइसीसी विश्व क्रिकेट लिगमा आज नेपाल–युएई भिड्दै

Newslaya Home

आइसीसी विश्व क्रिकेट लिगमा आज नेपाल–युएई भिड्दै

बुधबार २०, मङि्सर २०७४

काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपको अन्तिम चरणको खेलमा आज नेपाल–युएईसंग भिड्दैछन् । उक्त प्रतियोगितामा आठ टोली सहभागिता भएका थिए । 
नेपालले शिर्ष चारभित्र पर्न सकेको खण्डमा आफ्नो स्थान अर्को वर्ष हुने विश्वकप क्रिकेट छनौट चरणमा सुरक्षित राख्न सक्थ्यो । तर, प्रतियोगितामा सोचे अनुसारको प्रदर्शन गर्न नसकेपछि नेपाल दोस्रो डिभिजनमा झर्न बाध्य भएको हो ।
नेपलासँगै युएई र नामिबिया पनि विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट डिभिजन टु मा झरिसकेका छन् । स्कटल्याण्ड, हङकङ र केन्यामध्ये थप एक टोली डिभिजन टु मा झर्नेछन् ।