प्रतिष्ठिाको लागि नेपाल र युएईबीच खेल हुने

Newslaya Home

प्रतिष्ठिाको लागि नेपाल र युएईबीच खेल हुने

मङ्गलबार १९, मङि्सर २०७४

काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले भोलि घरेलु टोली युएईसँग पहिलो खेल खेल्नेछ ।
च्याम्पियनसिपमा यसअघि नै ‘रेलिगेट’ हुँदै डिभिजन–२ मा घटुवा भइसकेका यी दुई टोलीले भोलीको खेल प्रतिष्ठाको लागिमात्र खेल्ने  छन् ।
पारस खड्काको कप्तानीमा युएई गएको नेपाली टोलीले अमेरिका र केन्यासँग अभ्यास खेल खेलेको थियो ।
पारस खड्का, ज्ञानेन्द्र मल्ललगायतका प्रमुख खेलाडीलाई विश्राम दिएको नेपालले अमेरिकासँगको पहिलो अभ्यास खेलमा पराजय भोग्दा दोस्रो खेलमा केन्यासँग भने सजिलै जित हाँसिल गरेको थियो ।
च्याम्पियनसिपमा आगामी शुुक्रबार नेपालले युएईसँग दोस्रो खेल खेल्नेछ ।