​भारतीय फुटबल कप्तानले ढाका टोपी लाएर विवाह गरे

Newslaya Home

​भारतीय फुटबल कप्तानले ढाका टोपी लाएर विवाह गरे

सोमबार १८, मङि्सर २०७४

कोलकता । भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले विवाह गरेका छन् । उनले ढाका टोपी लगाएर विवाह गरेको तस्वीर सामाजिक सञ्जाल र अनलाइनहरुमा छाएको छ । लामो समय देखिकी प्रेमिका सोनम भट्टाचार्यसँग उनले विवाह गरेका हुन् ।
कोलकतामा भएको विवाहमा कप्तान क्षेत्री नेपाली ढाका टोपीमा सजिएर दुलही लिन गएका थिए । गुडगाउँको एउटा होटलमा विवाह समारोह भएको थियो । मोहन बगानका पूर्व उत्कृष्ट खेलाडी सुब्रत भट्टाचार्यकी छोरी सोनमसँग उनले दुई साताअघि औंठी साटासाट गरेका थिए । 
इन्डियन सुपर लिगको चौथो सत्रको उद्घाटन खेलमा उनले मुम्बई सिटीविरुद्ध खेल्दै बेंगलुरु एफसीका कप्तान क्षेत्री नयाँ दिल्ली पुगेका थिए । नेपालीभाषी ३३ वर्षीय सुनिल क्षेत्रीको मामाघर नेपालको झापा हो ।