​इन्जुरी समयमा गोलकिपरले गोल गरेर बनाए इतिहास

Newslaya Home

​इन्जुरी समयमा गोलकिपरले गोल गरेर बनाए इतिहास

सोमबार १८, मङि्सर २०७४

इटालि । एक गोलरक्षकले इन्जुरी समयमा गरेको गोलले नयाँ इतिहास बनाएको छ । पहिलो पटक इटालीको शीर्ष लिग सिरी ए खेलिरहेको बेनेवेन्तोले गोलरक्षकको गोलबाट लिगमा पहिलो अंक जोडेर इतिहास बनाएको हो ।
इटालियन सिरी ए फुटबल पहिलो पटक खेलिरहेको वेनेवेन्तोले लिगका १४ खेलसम्म आउँदा एक अंक पनि जोड्न सकेको थिएन । तर आइतबार राति भएको खेलमा एसी मिलानलाई २–२ को बराबरीमा रोक्दै बेनेवेन्तोले लिगमा पहिलो अंक जोडेको हो । 
इन्जुरी समयको पाँचौं मिनेटमा गोलरक्षक अल्बर्टो ब्रिग्नोलीले हेड मार्फत गोल गर्दै टिमलाई हारबाट जोगाएका थिए । त्यसअघि ३८ औं मिनेटमा एसी मिलानका लागि बोनावेन्तुरा, ५० औं मिनेटमा बेनेवेन्तोका लागि पुस्कास तथा ५७ औं मिनेटमा एसी मिलानका लागि केलिनिकले गोल गरेका थिए । 
७५ औं मिनेटमा रोमाग्नोली दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एसी मिलान १० खेलाडीमा सीमित भएको थियो । बेनेवेन्तोका लागि महत्वपूर्ण एक अंक दिलाएका गोलरक्षक ब्रिग्नोलीले खुसी व्यक्त गरेका छन् ।