​इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर युनईटेड विजयी

Newslaya Home

​इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर युनईटेड विजयी

आइतबार १७, मङि्सर २०७४

लन्डन । इंग्लिश प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर युनाईटेड विजयी भएको छ । युनाईटेडले आर्सनललाई ३–१ ले पराजित गर्दै विजयी बनेको हो । 
आर्सनलको मैदानमा भएको खेलमा युनाईटेडलाई विजयी गराउन जेस्सी लिङ्गार्डले दुई तथा एन्टोनियो भ्यालेन्सियाले एक गोल गरे । यस्तै, आर्सनलका अलेक्जेण्डर लाकाजेट्ले एक गोल गरे ।
त्यसैगरी, प्रिमियर लिग कै अर्को खेलमा चेल्सीले न्युकासल युनाईटेडलाई ३–१ ले पराजित गरेको छ । चेल्सीका लागि एडिन हाजार्डले दुई तथा अल्भारो मोराटाले एक गोल गरे ।
प्रिमियर लिगमा आज दुई खेल हुनेछन् । शीर्ष स्थानको म्यान्चेस्टर सिटीले वेष्ट ह्याम युनाईटेडसँग खेलनेछ भने बर्नमाउथले साउथह्याम्पटन भिड्नेछ ।