नेपोलीलाई पराजित गर्दै युभेन्टस दोस्रो स्थानमा उक्लियो

Newslaya Home

नेपोलीलाई पराजित गर्दै युभेन्टस दोस्रो स्थानमा उक्लियो

शनिबार १६, मङि्सर २०७४

रोम । इटालिनय सिरी ए मा युभेन्ट्सले लिग लिडर नेपोलीलाई १–० ले पराजित गरेको छ । नेपोलीको मैदानमा भएको खेलमा युभेन्ट्सका लागि गोन्जालो हिग्वेनले १३औँ मिनेटमा गोल गरेका थिए ।
खेलको जितसँगै युभेन्ट्सले नेपोलीसँगको अंकदूरी १ बनाउँदै दोस्रो स्थानमा उक्लेको छ । १५ खेलबाट ३८ अंक जोडेको नेपोली उक्त हार पछि पनि शीर्ष स्थानमै रहेको छ । समान खेल खेलेको युभेन्ट्सको ३७ अंक रहेको छ भने १४ खेलबाट ३६ अंक बनएको इन्टर मिलान तेस्रो स्थानमा रहेको छ ।
सिरी ए कै अर्को खेलमा दश खेलाडीमा सिमित भएको एसपिएएल २०१३ लाई रोमाले ३–१ को गोल अन्तरले पराजित गरेको छ । रोमाको लागि एडेन जेको, केभिन स्ट्रुटमन  र लरेन्जो पलेग्रीनीले एक एक गोल गरे भने एसपीएएलका लागि फेडेरिको भिभिएनीले एक गोल फर्काए ।  खेलको नवौँ मिनेटै फिलिपेले रातो कार्ड पाएपछि एसपिएएल दश खेलाडीमा झरेको थियो । एसपिएएलसँगको जितपछि १४ खेलबाट ३४ अंक जोडेको रोमा चौथो स्थानमा रहेको छ ।