​ओपोको एफफाइभ सिक्स जीबी ‘ब्ल्याक एडिशन’ आउँदै

Newslaya Home

​ओपोको एफफाइभ सिक्स जीबी ‘ब्ल्याक एडिशन’ आउँदै

शुक्रबार १५, मङि्सर २०७४

काठमाडौं । सेल्फी एक्स्पर्टका रुपमा स्थापित भएको ओपो आफ्नो नयाँ मोडल ओपो एफफाइभ सिक्स जीबी ‘ब्ल्याक एडिशन’ लिएर बजारमा आउँदै । ओपोले विशेष गरी यूवा पुस्तालाई छनोट गरी थप उपलब्ध गराउने सोचका साथ नयाँ उत्पादन कालो रंगमा सार्वजनिक गर्न लागेको बताइएको छ । 
ओपो एफफाइभ सिक्स जीबी ब्ल्याक एडिशनका बारेमा बाल्दै ओपो नेपालका सीईओ बबी झाओले अघिल्ला मोडल जस्तै सार्वजनिकको तयारीमा रहेको नयाँ ओपो एफफाइभ सिक्स जीबी बल्याक एडिशनलाई पनि सबैले रुचाउनेमा विश्वस्त भएको बताए । 
ओपो एफफाइभ सिक्स जीबी नयाँ मोडलमा अझ बढी सञ्चय क्षमता, ६ जीर्बी याम र ६४ जीबी रोम सहितको उत्कृष्ट प्रोशेसर जडान गरिएको कम्पनीले जनाएको छ । 
दुई सय भन्दा बढी फेशियल रेकग्निशन स्पट्स सहितको यो प्रविधिले मानव मुहारको ग्लोबल डाटाबेस मार्फत फेशियल फिचर्स, आकार प्रकार, स्किन टोन तथा टाइप, लिंग, उमेर लगायत आधारमा फरक छुट्याएर ब्यूटिफिकेशन सुविधा उपलब्ध गराउने कम्पनीको भनाई छ ।
फोनमा ६ ईञ्चको पूर्ण एचडी फुल स्क्रीन डिस्प्ले जडान गरिएको छ । नेपाली बजारमा ओपोले छोटा समयमा नै फेशनेवल, स्टाइलिश फोन निर्माताका रुपमा विशेष गरी यूवा पुस्ता माझ आफ्नो परिचत स्थापित गरी सकेको छ ।