​आयोजक डिपो स्कुल तेश्रो, फाइनल खेल भोलि

Newslaya Home

​आयोजक डिपो स्कुल तेश्रो, फाइनल खेल भोलि

बिहीबार १४, मङि्सर २०७४

धरान । धरानमा जारी १४ औं ललित अम्बर डीपो कप अन्तर्गत बिहीबार भएको खेलमा विजयी हुँदै आयोजक टिम डिपो स्कुल तेश्रो भएको छ । नवज्योती स्कुललाई २–० गोल अन्तरले पराजित गर्दै डिपो स्कुलले तेस्रो स्थान जित्न सफल भएको हो ।
जितका लागी श्रीजन मगर र बिनायक उरावले समान १÷१ गोल गरे । खेलको म्यान अफ म्याच नवज्योती स्कुलका रोजन थापा मगर घोषित भए । 
शुक्रबार उपाधिका लागी नेपाल पुलिस स्कुल धरान र आइडल स्कुल धरान आमने–सामने हुँदैछन् । खेल दिउँसो २ बजेबाट सुरु हुने आयोजकले जनाएको छ । 
डिपो कपमा धरानका १२ वटा र इटहरीका ४ वटा स्कुल सहभागी थिए । प्रतियोगिताको विजेता टिमले १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र र उपविजेताले नगर ५ हजार, ट्रफि, मेडल र तेस्रो स्थान प्राप्त गर्ने विद्यालयले नगर ३ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।