​तपाईँलाई यस्ता नम्बरबाट फोन आएको छ ? नउठाउनुहोस्

Newslaya Home

​तपाईँलाई यस्ता नम्बरबाट फोन आएको छ ? नउठाउनुहोस्

आइतबार १०, मङि्सर २०७४

काठमाडौं । नेपाल टेलिकमले अपरिचित नम्बरबाट आएको फोन नउठाउन नागरिकलाई आग्रह गरेको छ । टेलिकमले अपरिचित, कलरआइडी नभएका ०१२३४५६ र १२३४५६ जस्ता नम्बरबाट आएको कल नउठाउन अनुरोध गरेको हो । 
टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले यस्ता नम्बरबाट आएको कलबाट ठगीने क्रम बढ्दै गएको भन्दै नागरिकको हितको लागि जानकारी गराइएको बताइन् । विभिन्न अपराधिक गिरोहले फोनमा चिठ्ठा परेको भन्दै कल गर्ने र बैंकमा पैसा पठाउन लगाउने अनि ठग्ने गरेको टेलिकमले जनाएको छ । 
यो नम्बरबाट कल गरेर चिठ्ठा परेको जानकारी गराउने र उल्टै ठग्ने क्रम बढेपछि नेपाल दूरसञ्चार प्राधिकरणको अनुरोधमा नै ग्राहकलाई एसएमएसबाट जानकारी गराउन थालिएको छ । 
प्रवक्ता बैद्यले यस्ता कल कुन रुटबाट आएको भन्ने विषयमा अनुसन्धान भइरहेको बताइन् ।