किन खाने जाडोमा ओखर ?

Newslaya Home

किन खाने जाडोमा ओखर ?

सोमबार ०४, मङि्सर २०७४

ओखरले जाडोमा शरीरलाई तातो र ऊर्जाशील बनाउँछ । जाडोमा यसको सेवनले शरीरलाई पुर्याउँछ । यसमा जरूरी पोषक तत्त्व, मिनरलहरू, एन्टीअक्सिडेन्ट र भिटामिन हुन्छन् जसले शरीरका धेरै रोगहरू भगाउँछन् । दिनको एउटा ओखर खानुका फाइदा यस्ता छन् :
दिनदिनै एउटा ओखर खाँदा शरीरमा ऊर्जा कायम रही कोलेस्ट्रोल पनि नियन्त्रणमा रहन्छ । यसमा भएको एन्टीअक्सिडेन्ट र ओमेगा थ्री फ्याट्टी एसिडले मुटु स्वस्थ राख्छ । 
ओखर दिनदिनै दूधसँग खाँदा घुँडा, जोर्नी र कम्मरको पीडा हराउँछ । 
बच्चाहरूलाई दूधसँग एउटा ओखर खुवाउँदा दिमाग तीखो हुन्छ । 
स्याउ, दालचिनी र ओखरको सलाद बनाएर दिनदिनै खाँदा तौल घट्नुका साथै दिनभरि ऊर्जा प्राप्त हुन्छ । 
राति सुत्नुअघि एउटा ओखर खाँदा राम्रो निद्रा लाग्छ । त्यसमा भएको मेलाटोनिन हर्मोनले तपाईंलाई निद्रा लगाउँछ । 
ओखर सेवनले महिलामा मधुमेह र स्तन क्यान्सरलाई घटाउँछ । 
यसमा भएका भिटामिन बी र एन्टीअक्सिडेन्ट गुणले छालालाई सुब्खापन र फी –याडिकलबाट बचाउँछ । छालामा डण्डीफोर र चाउरी पर्न पाउँदैन । कपाल पनि राम्रो हुन्छ । 
दिनदिनै बिहान ओखर खाँदा मानसिक रोग उत्पन्न गर्ने हानिकारक फ्री–याडिकलहरू नष्ट हुन्छन् ।