​स्वस्थ शरीरका लागि 'हेल्दी होम'

Newslaya Home

​स्वस्थ शरीरका लागि 'हेल्दी होम'

आइतबार ०३, मङि्सर २०७४

धरान । धरान १५ बाझगरा बस्ने ३३ वर्षकी मन्दिरा घिमिरेलाई घाँटीमा समस्या देखा परेपछि उनी अस्पताल पुगिन् । डाक्टरले अपरेशन गर्नुपर्ने बतायो, तर मोटोपनकोे कारण उनको अपरेसन भएन । तौल घटाउन मन्दिराले एक महिनामा कति दिन सम्म त खाना समेत नखाइ सुप मात्र खाएर बसिन्, तर प्रगती भएन । एक महिनामा १ केजी मात्र घटिन् । 
धरानको एक इन्स्टिच्युटमा इजरायल भाषा हिब्रु पढाउने उनी झन् शारीरिक र मानसिक तनावमा परिन् । 
त्यही बेला काठमाडौमा बस्दै आएकी उनकी एक साथीले हेल्दी होम जान सल्लाह दिइन् । एक महिनाभित्र आफ्नो वजन घटाएको बताउने साथीको सल्लाहअनुसार उनी काठमाडौ जाने सोचाइमा थिइन्, तर हेल्दी होम इटहरीमा नै सुरु हुने थाहा पाइन् ।
केही समय पछी नै हेल्दी होमकी ब्रान्ड एम्बासडर तथा लोकप्रिय नायीका करिश्मा मानन्धरले उद्घाटन गरिन् । हेल्दी होममा जान थालेकी मन्दिराको तौल ६ हप्तामा ९ केजी कम भयो । ७४ केजीको तौललाई उनले ६५ केजीमा झारिन् । उनको अपरेशनसमेत भइसकेको छ । खुसी हुँदै उनि भन्छिन्, ‘हेल्दी होममा गएपछि हेल्दी हेबिट अंगालियो, खानपीनमा निकै ख्याल गर्नुपर्ने रहेछ ।’
धरान ८ मा बसोबास गर्दै आएकी महिला संजाल धरानकी अध्यक्ष शिला बज्राचार्य पनि आफ्नो तौल बढीरहेको हुनाले चिन्तित थिइन् । बज्राचार्य विभिन्न सामाजिक संस्थामा समेत आबद्ध उनि भन्छिन् ‘तौल बढी भएको कारण सुगर, थाईरोइड समेत बढेको थियो ।’ तर हेल्दी होममा गएको १ महिना भित्र उनको तौल ७ केजी घट्यो । 
घिमिरे र बज्राचार्यको जस्तो मोटोपनको समस्या विश्वको प्रमुख समस्या नै बनेको छ । मोटोपनाबाट छुट्कारा दिलाउन हेल्दी होमले धेरै मानिसलाई सहयोग गरिरहेको छ । काठमाडौमा स्थापना भएको हेल्दी होम पुर्वमा भने पहिलो पटक धरानमा सञ्चालनमा आएको हो ।
एयरहोस्टेजको रुपमा काम गरेकी सुप्रिया माझीले सञ्चालन गरिरहेको हेल्दी होमको सुरुवाती कथा पनि रोचक छ । बच्चा भएको दुई वर्ष पछी नै माझीको तौल ८३ केजी पुग्यो । सरदर ४५–४६ केजी रहने उनको तौल बढेसँगै काम गर्न समेत निकै अप्ठ्यारो भयो । काठमाडौमा परीवारसँग बसिरहेकी माझीलाई कसरी घट्ने दुविधामा परेको बेला साथीले हेल्दी होमको बारेमा बताइदिइन् । हेल्दी होम जान थालेको १ महिनामा १२ केजी घटीन् । अहिले उनको तौल ५३ केजीमा सन्तुलित छ । 
आफूले गरेको अनुभवकै आधारमा उनले हेल्दी होम चलाउने सोच बनाइन् । धेरै महिलाहरुको लागि पनि काम लाग्ने भन्दै माझीले कामकाजी महिलाहरूको स्वास्थ्य र सौन्दर्यलाई लक्ष्य गरेर हेल्दी होम सञ्चालनमा ल्याएको बताइन् । मोटोपन घटाउन अल्ट्रासोनिक मसाजबाट मोटोपन घटाउने प्रविधि धरानमा भित्राएको उनले बताइन् ।
हेल्दि होममा तौल घटाउने प्रबिधि, हेड एण्ड प्रेसो मसाज थेरापी, जापानीज इलेक्ट्रो भाइब्रेट मसाज, र होम प्याकेजको सुबिधाहरु छन् । विशेषगरी महिलाहरुको लागि मात्र सुरु गरेको हेल्दिहोममा अहिले भने पुरुषहरुको लागि पनि यो सुबिधा उपलब्ध छ ।
माझीका अनुसार यस प्रविधिको प्रयोगबाट शरीरका विभिन्न भागमा मसाज गरी शरीरमा रहेको कडा भन्दा कडा बोसोेलाई पगालिन्छ र यसरी पग्लेको बोसो दिशा, पिसाब तथा पसिनाको माध्यमबाट शरीरबाट बाहिर निस्कन्छ, फलस्वरुप शरीरको वजन समेत घट्दछ । साथै शरीरका विभिन्न भागहरुको सेपसमेत मिलाउन सकिन्छ । 
प्रेसर, सुगर, थाईराइड जस्ता रोग शरीरमा आवश्यकताभन्दा मोटोपन हँुदा नै आउने गरेको स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन् । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा मोहन चन्द्र रेग्मी भन्नुहुन्छ, ‘हेल्दी होममा गएर बोसो घटाउने हो तर शरीरको तौल सन्तुलन राख्न उचित खानेपान र शारीरिक अभ्यास आवश्यक हुन्छ ।’ रेग्मीकाअनुसार गर्भवती महिला, सुत्केरी भएको १ वर्ष नपुगेका, मुटु रोगी ,उच्च रक्तचाप, मृगौलासम्बन्धी रोग लागेकाहरुले यो थेरापी गर्नु हुँदैन । 
१ महिनामा ६ पटक मात्र थेरापी गरिने भएकाले साधारण गृहिणीदेखि व्यवसायीक महिलाहरुका लागि समयको बचत हुने हेल्दी होमकी सञ्चालिका माझीले बताइन् । थेरापी सुरु भएसँगै खानेकुरामा विशेष ख्याल गर्नुपर्ने हुन्छ । उनी भन्छिन्, हामी डाईट चार्ट दिन्छौँ, त्यसलाई फलोअप गनुपर्ने हुन्छ ।’ नौ जना तालिमप्राप्त थेरापिष्टले यो सेवा दिइरहेका छन् ।
धरान हेल्दी होममा अब मोटोपना घटाउनका साथै स्पा थेरापीसमेत सुरु भएको छ । कलेज रोड धरानमा सरेको हेल्दी होममा स्पा थेरापीका विशेष योजनासमेत लागु छन् ।
- सुम्निमा चाम्लिङ राई