​यस्ता छन् दारीभित्र लुकेका स्वास्थ सम्बन्धी रहस्यहरु

Newslaya Home

​यस्ता छन् दारीभित्र लुकेका स्वास्थ सम्बन्धी रहस्यहरु

शनिबार ०२, मङि्सर २०७४

आजकाल पुरुषहरुले दारी पाल्न थालेका छन् । अचम्म लाग्ला तर, दारीबाट नै स्वास्थको बारेमा थाहा पाउन सकिन्छ । विशेषज्ञहरुका अनुसार दारीबाट मानिसको छालाको धेरै समस्याहरुको बारेमा थाहा पाउन सकिन्छ । थाहा पाइराखौं दारीमा स्वास्थ सम्बन्धी कस्ता रहस्यहरु छन् ?
१. यदी तपाईको दारी धेरै ने बाक्लो छ भने तपाइको टेस्टोस्टेरोन हार्मोनको लेभल धेरै छ भनेर बुझ्नुहोस्।
२. यदी तपाईको दारी ठिक तरिकाले उम्रिएको छैन भने यसको पछाडि कुनै रोग वा वंशाणुगत गुण हुन सक्छ । डाक्टरसँग सल्लाह लिनुहोस् ।
३. के तपाईको दारी धेरै नै पातलो छ ? पोषणको कारणले यस्तो हुन्छ । प्रोटिन र भिटामिनले भरपुर स्वस्थ खाना खानुहोस् ।
४. यदी तपाइको दारी रुखो र कमजोर छ भने दारीलाई मोइश्चराइजेसनको जरुरी छ । यसको कपालको रौं जस्तै समान केयर गर्नुहोस् ।
५. यदी दारीको साथमा छालाको पत्र निस्कीरहेको छ भने चायाको समस्या हुन सक्छ । छालारोग विशेषज्ञलाई देखाउनुहोस् ।
६. यदी डाबरको साथमा दारी झर्दै गएको छ भने यो एलोपेशिया बार्बे नामको एक रोगको कारणले हुनसक्छ । छालारोग विशेषज्ञसँग सल्लाह लिनुहोस् ।
७. यदी तपाईको दारी लगातार चिलाँउछ भने छालाको समस्याको कारणले हुन सक्छ । दारीको सरसफाईमा ध्यान दिनुहोस् ।