​दिनदिनै अम्बा खानुहोस्, स्वस्थ रहनुहोस्

Newslaya Home

​दिनदिनै अम्बा खानुहोस्, स्वस्थ रहनुहोस्

शुक्रबार ०१, मङि्सर २०७४

अम्बामा कम क्यालोरी र कम चिनी हुने भएकाले दिनको एउटा अम्बा खानाले तौल घटाउन मद्दत गर्छ । 
भारतको राजस्थान आयुर्वेदिक विश्वविद्यालयका डा. अरुण दधीचबताले अम्बाको अचार वा जुस बनाएर खाँदापिउँदा पनि फाइदा हुने बताएका छन् । 
अम्बाको पातमा एन्टीब्याक्टेरियल प्रपर्टी हुनाले डण्डीफोरजस्ता छालाका समस्या समाधान हुन्छन् । 
पातमा एन्टीइन्फ्लेमेटरी प्रपर्टी पनि पाइने हुनाले जोर्नी दुखेको वा वाथ लागेको मानिसले पात चबाउँदा फाइदा पुग्छ । 
दाँत दुखेको वा पाइरिया भएको अवस्थामा पनि अम्बाको पात चबाउनु उचित हुन्छ ।
अम्बामा प्रोटीन र फाइबर हुनाले मेटाबोलिजममा सुधार आउँछ ।
यसले कोलेस्ट्रोल स्तरलाई नियन्त्रणमा राखेर मुटुरोग लाग्नबाट बचाउँछ ।
यसमा भएको भिटामिन सी र आइरनले कमजोरी हटाउँन मद्द गर्छ ।
यसमा भएको भिटामिन बी ६ ले दिमागको शक्ति बढाउँनुका साथै स्मरणशक्ति पनि मजबूत बनाउँछ ।
यसमा भएको फाइटोन्युट्रिन्ट्सले क्यान्सरबाट समेत बचाउँछ ।